`

विश्वासको मत दिने भएपछि कांग्रेसलाई ओलीलेको धन्यवाद : ‘कपमै चिया हाल्नुभयो, थ्यांक्यू भेरी मच’

Nepal One HD २६ पुष २०७९ १४:२७
अर्थ समाचार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सरकारलाई विश्सासको मत लिने कांग्रेसको निर्णयको स्वागत गर्दै धन्यवाद दिएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै अध्यक्ष ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयको स्वागत गर्दै धन्यवाद दिएका हुन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय इतिहासमा नयाँ भाष्य निर्माण गरेकाे र त्याे इतिहासमा छलफल हुने बताए ।

ओलीले सोमबार एक कार्यक्रममा कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेका थिए । उनले गिलास खाली हुँदाहुँदै चिया किन कार्पेटमा पोख्ने भनी टिप्पणी गरेका थिए । मंगलबार कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सुनाएपछि ओलीले भने ‘कपमै चिया हाल्नुभयो, थ्यांक्यू भेरी मच’

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने भन्ने कुरा नै नउठ्ने ओलीको भनाइ छ । साेही कारण प्रधानमन्त्रीले मागेकाे विश्वासकाे मतकाे प्रस्तावमा एमालेकाे समर्थन पनि रहने जनाए ।


प्रतिक्रिया