`

सुपर मादी हाइड्रोपावरले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने, कहिले देखि दिन पाईन्छ आवेदन ?

Nepal One HD २८ पुष २०७९ १२:४१
अर्थ समाचार

काठमाडौं । सुपर मादी हाइड्रोपावरले माघ ९ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आइपिओ निष्कासन गरी बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी २ अर्ब १० करोडको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न छुट्याएको थियो । सोमध्ये कम्पनीले २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका लागि र १ लाख ५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुको बाँडफाँट गरिसकेको छ।

यस्तै ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहने १७ लाख ४३ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गनै लागेको कम्पनीले बताएको छ । सो आइपिओमा माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा माघ २३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

आवेदकले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया