`

शुक्रबार बढ्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

Nepal One HD २९ पुष २०७९ १०:५५
अर्थ समाचार

काठमाडौं । शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । बिहिबार १ लाख ३ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज तुलनामा प्रतितोला रु ५ सयले बढेर प्रतितोला रु १ लाख ३ हजार ९ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार ४ सय छ । यसको मूल्य अघिल्लो दिन रू १ लाख २ हजार ९ सय थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रू ५ ले बढेर प्रतितोला रु १ हजार ३ सय ६५ कायम रहेकोे महासङ्घले जनाएको छ ।


प्रतिक्रिया