सोमबार बढ्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

अर्थ समाचार
काठमाडौं । सोमबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । आइतबार १ लाख ५ हजारमा कारोबार भएको सुनको मूल्य आज तुलनामा प्रतितोला रु २ सयले बढेर प्रतितोला रु १ लाख ५ हजार २ सयमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४ हजार ७ सय छ । यसको मूल्य अघिल्लो दिन रू १ लाख ४ हजार ५ सय थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रू १० ले बढेर प्रतितोला रु १ हजार ४ सय कायम रहेकोे महासङ्घले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया