मंगलबार घट्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

अर्थ समाचार
काठमाडौं । मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । सोमबार रु १ लाख ५ हजार २ सयमा कारोबार भएको सुनको मूल्य आज तुलनामा प्रतितोला रु १ सयले घटेर प्रतितोला रु १ लाख ५ हजार १ सयमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४ हजार ६ सय छ । यसको मूल्य अघिल्लो दिन रू १ लाख ४ हजार ७ सय थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रू १० ले घटेर प्रतितोला रु १ हजार ३ सय ९० कायम रहेकोे महासङ्घले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट