भोकमरी सूचकांकमा नेपाल दक्षिण एसियामा सबैभन्दामाथि


काठमाडौं । विश्व भोकमरी सूचकांकमा नेपाल ८१औँ स्थानमा परेको छ । नेपालमा भोकमरीको अवस्था सुधारोन्मुखसंगै दक्षिण एशियामा अन्य मुलुकको तुलनामा बलियो देखिएको हो । विश्व भोकमरी सूचकांक प्रतिवेदन २०२२ अनुसार नेपालमा भोकमरीको अवस्था सुधारोन्मुख देखिएको हो ।
यसअघि सन् २००० मा भोकमरीको सूचकांकमा नेपालले ३७।० अंक पाएको थियो । जुन समयमा नेपालमा भोकमरीको उच्च जोखिम मुल्यांकन गरिएको थियो । त्यसपछि सन् २००७ र सन् २०१४ मा नेपालको अवस्था गम्भीर तर जोखिमपूर्ण अवस्थामा सुधार देखिएको थियो । जुनबेला नेपालले क्रमशः ३०।० र २१।२ अंक पाएको थियो ।
हाल भने नेपालमा भोकमरीको अवस्था अघिल्लो वर्षको तुलनामा सुधार देखिएको छ । सन् २०२२ को प्रतिवेदनअनुसार नेपालले १९।१ अंक पाउँदै भोकमरीको सूचीमा ८१औँ स्थानमा देखा परेको छ ।
यता विश्व भोकमरीको सूचकांकमा भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान नेपालभन्दा कमजोर देखिएका छन् । बंगलादेश १९।६ अंकसहित ८४औं स्थानमा बंगलादेश छ भने २६।१ अंकसहित सूचीको ९९औं स्थानमा पाकिस्तान छ ।