मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

अर्थ समाचार
काठमाडौं / मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । सोमबार १ लाख ६ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज तुलनामा प्रतितोला रु ५ सयले घटेर १ लाख ५ हजार ८ सयमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ५ हजार ३ सय छ । । यसको मूल्य अघिल्लो दिन रु १ लाख ५ हजार ८ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहि प्रतितोला रु १ हजार ३ सय ६५ कायम रहेकोे महासङ्घले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट