`

एशियन हाइड्रोपावरले आईपीओ निष्काशन गर्न, कहिलेदेखि दिन पाइन्छ आवेदन ?

Nepal One HD १७ माघ २०७९ १३:०७
अर्थ समाचार

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न भएको छ । कम्पनीले २७ माघदेखि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ६ करोड ९७ लाख रपैयाँ बराबरको ६ लाख ९७ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्न भएको हो ।

यसकम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको छ । यो मध्ये ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । ४२ हजार कित्ता सामुहिक लगानी कोष र १६ हजार ८ सय कित्ता कर्मचारीहरुलाई छुट्याएको छ ।

बाँकी ६ लाख ९७ हजार २ सय कित्ताका लागि सर्वसाधारणले फागुन १२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन १२ गतेसम्म आवेदन दिनसकिने छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया