तोलामै १ हजार चार सयले घट्यो सुनको भाउ, चाँदीको मूल्यमा पनि गिरावट !

NepalOne २० माघ २०७९ ११:२९
अर्थ समाचार

काठमाडौं / शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार ४ सय रुपैयाँले घटेर १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार तेजाबी सुन १ लाख ५ हजार ६ सय तोकेको छ । हिजो सोको मूल्य १ लाख ७ हजार तोकेको थियो ।

यता चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया