`

उपभोक्ता अधिकार मञ्चले दियो शिवम् सिमेन्टविरुद्ध उजुरी, यस्तो छ कारण !

Nepal One HD २७ माघ २०७९ १४:४८
अर्थ समाचार

काठमाडौं । उपभोक्ता अधिकार मञ्चले शिवम् सिमेन्टविरुद्ध उजुरी दिएको छ । भ्रामक विज्ञापन गरेको भन्दै उपभोक्ता अधिकार मञ्चले शिवम् सिमेन्टविरुद्ध उजुरी दिएको हो ।

शिवम् सिमेन्टले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ७ को १ छ विरुद्ध हुनेगरी ‘एकमात्र ओ।पी।सी सिमेन्ट उत्पादन गर्ने’ भनि भ्रामक विज्ञापन गरेको भन्दै मञ्चले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी दिएको हो । मञ्चका अनुसार शिवम् सिमेन्टले भ्रामक विज्ञापन गरेर उपभोक्तालाई गुमराहमा राख्न खोजेको छ ।

उपभोक्ता संरक्षण ऐनमा कुनै पनि वस्तु वा सेवाको विज्ञापन गर्दा गलत वा भ्रामक प्रचार प्रसार गर्न नपाइने भए पनि शिवम् सिमेन्टले त्यसको उल्लंघन गरेको मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताएका छन् ।


प्रतिक्रिया