संसदमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्दै भनिन्न् -‘अर्थतन्त्र सुधारमा सरकारले गम्भीर पाइला चाल्नुपर्छ’

अर्थ समाचार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको अर्थतन्त्र सुधारका लागि सरकारले उत्पादन वृद्धिको क्षेत्रमा काम गर्ने विश्वास लिएकी छन् । संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकलाई सम्बोधन गरेकी उनले रासायनिक मलको सहज र माटोको अम्लियपना कम गरेर उत्पादन वृद्धिमा काम गर्नुपर्ने बताइन् ।
उत्पादनसँगै बजार व्यवस्थापन, लागत मूल्य किसानले पाउनुपर्ने उनको भनाइ छ । युवालाई देशभित्र कृषि क्षेत्रमा काम गर्न सक्ने वातावरण बनाउनुपर्ने भन्दै उनले प्रविधिमा आधारित कृषि क्षेत्रको विकासमा जोड दिइन् । मौद्रिक तरलताको समस्या, लगानीका लागि यथेस्ट स्रोतको अभाव र बाह्य कारणले समेत गर्दा उत्पादन क्षेत्र मजबुत हुन नसकेको उनले बताइन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट