देशको अर्थतन्त्र चरम दबाबमा परेको छ : अर्थमन्त्री विष्णु पौडेल

अर्थ समाचार

काठमाडौँ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले देशको अर्थतन्त्र चरम दबाबमा रहेको बताएका छन् ।
आइतबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले विश्व अर्थतन्त्रमा देखिएका कसिला नीतिले नेपालको आर्थिक नीतिमा चुनौती थपिएको बताएका हुन् ।
अर्थमन्त्री पौडेलले आयात नियमनको असर र आपूर्तिमा आएको सुस्तताका कारण राजस्व संकलनमा दबाब परी देशको अर्थतन्त्र चरम दबाबमा रहेको बताए ।
राजस्व प्रणालीले अनिवार्य दायित्वमा छुट्याएको रकमसमेत नपुग भएको उनको भनाइ छ । तत्कालीन र दीर्घकालीन प्रकृतिका दायित्वले झनै दबाब थपिएको उनले बताए । यसपटक सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्यसमेत हासिल नहुने पौडेलले जनाए । उनले भने, ‘चालु वर्षको आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुँदैन ।’
प्रतिक्रिया
ताजा अपडेट