मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

अर्थ समाचार
काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला १ लाख ४ हजारमा कारोबार भएको छापावाल सुन मंगलबार आज प्रतितोला दुई सयले घटेर १ लाख ३ हजार ८ सयमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख तीन हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख तीन हजार पाँच सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रू एक हजार दुई सय ९५ कायम रहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया
ताजा अपडेट