मंगलबार १६.४० अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब ७८ करोडमाथिको कारोबार

अर्थ समाचार
काठमाडौं । मंगलबार सेयर बजार घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १६ दशमलव ४० अंकले घटेर २१०५ दशमलव ४६ बिन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार कुल २१५ कम्पनीको ४६ लाख ८५ हजार ८ सय ९ कित्ता सेयर खरिद बिक्री हुँदा १
अर्ब ,७८ करोड ७० लाखमाथिको सेयर कारोबार भएको हो ।
यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरी लिमिटेड कम्पनीको भएको छ । यस कम्पनीको ७ करोड ७५ लाख ६५ हजार ३ सय ७२ रुपैयाँ ९० पैसाको सेयर कारोबार भएको हो । यस्तै मंगलबारको सेयर बजारमा बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो ।
प्रतिक्रिया
ताजा अपडेट