शुक्रबार घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

NepalOne ५ फागुन २०७९ १०:५४
अर्थ समाचार

काठमाडौं / शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार प्रतितोला १ लाख ३ हजारमा कारोबार भएको छापावाल सुन आज प्रतितोला रु ५ सयले घटेर १ लाख २ हजार ५ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू १ लाख २ हजार छ । यसको मूल्य अघिल्लो दिन रू १ लाख २ हजार ५ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले घटेर प्रतितोला रू १ हजार २ सय ७५ कायम रहेको महासङ्घले जनाएको छ ।


प्रतिक्रिया