सोमबार सुनको मूल्य स्थिर, चाँदीको भाऊ कति ?

NepalOne ८ फागुन २०७९ ११:१२
अर्थ समाचार

काठमाडौं / सोमबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । आइतबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।

यता सोमबार चाँदी प्रतितोला १ हजार २ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।


प्रतिक्रिया