पठानको कमाई १ हजार २० करोड भन्दा बढी

NepalOne १६ फागुन २०७९ ९:३९
मनोरञ्जन

मुम्बई, १६ फागुन । शाहरुख खान अभिनित पठानले १ हजार २० करोडको ब्यापार गरेको छ ।


यशराज फिल्मसद्धारा निर्मित पठानले हिन्दी सिनेमा उद्योगमा सबैभन्दा बढी कलेक्सन गरेर रेकर्डसमेत बनाएको छ ।

गत जनवरी २५ मा रिलिज भएको उक्त सिनेमामा शाहरुखाको सहित दिपिका पादुकोण, जोन अब्राहमलगायत छन । 

झन्डै ४ बर्ष पछि फर्केका शाहरुखनलाई मात्रै होइन, दक्षिणी भारतीय फिल्मले दिएको दबाबलाई पनि यो फिल्मले बलिउडलाई समेत राहत दिएको छ । फिल्म ब्लकब्लस्टर भए पछि पठानको सिक्वेल बन्ने भएको छ ।
 


प्रतिक्रिया