मंगलबार सुनको मूल्य स्थिर, चाँदीको भाऊ कति ?

NepalOne १६ फागुन २०७९ १०:३८
अर्थ समाचार

काठमाडौं / मंगलबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । सोमबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।

यता मंगलबार चाँदी प्रतितोला १ हजार २ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।


प्रतिक्रिया