बुधबार सुनको मूल्य बढ्यो, चाँदीको भाऊ कति ?

NepalOne १७ फागुन २०७९ १२:०७
अर्थ समाचार

काठमाडौं / स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य आज ५०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको १ लाख १ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । 

यसैगरी, बुधबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार भने तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३०० रुपैयाँ कायम गरिएको थियो ।


त्यसैगरी, बुधबार चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १२ सय ७० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी तोलाको १२ सय ५५ रुपैयामा कारोबार भएकाे थियो । 
 


प्रतिक्रिया