शुक्रबार घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

NepalOne १९ फागुन २०७९ ११:२२
अर्थ समाचार

काठमाडौं / नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेकाे छ । बिहीबार सुनको मूल्य ३०० रुपैयाँले बढेको थियो भने शुक्रबार १०० रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुनको मूल्य १ लाख २ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो । 

यसैगरी तेजावी सुनको मूल्य शुक्रबार १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार तेजावी सुन तोलाको १ लाख २ हजार १०० रुपैयाँ तोकिएको थियो । 

शुक्रबार चाँदी तोलामा ५ रुपैयाँले घटेको छ। संघका अनुसार चाँदी १२ सय ६५ रूपैयाँमा कारोबार भएको छ। बिहीबार चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।  
 


प्रतिक्रिया