सुपर माई हाइड्रोपावरको नेप्सेमा सेयर कारोबार खुला

NepalOne १३ चैत २०७९ ११:५९
अर्थ समाचार

काठमाडौं / सुपर माई हाइड्रोपावरको सोमबारदेखि नेप्सेमा सेयर कारोबार खुला भएको छ । ‘एसएमएच’ संकेतमा यसको सेयर कारोबार सुरु भएको छ । 

सुपर माईको चुक्ता पुँजीका आधारमा कायम कुल ५० लाख कित्ता सेयर गत साता सूचीकृत भएको थियो ।

यसको पहिलो कारोबार प्रतिकित्ता ३९१ रुपैयाँमा सुरु भएको र सोही मूल्यलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १३०.७६ रुपैयाँदेखि ३९२.२८ रुपैयाँसम्म तोकेको थियो ।  
 


प्रतिक्रिया