यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

NepalOne १३ वैशाख २०८० ९:१२
अर्थ समाचार

काठमाडौं – बुधबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । यस्तै आज युरो एकको खरिददर १४४ रुपैयाँ ७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा, बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ४६ पैसा र अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ५ पैसा र बिक्रीमा ८७ रुपैयाँ ४५ पैसा तोकिएको छ ।

यस्तै क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ १७ पैसा रहेको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७९ पैसा रहेको छ ।

यस्तै युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसा, बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ४६ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५ रुपैयाँ २ पैसा, मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ४७ पैसा र बिक्रीदर २९ रुपैयाँ ६० पैसा रहेको छ ।


प्रतिक्रिया