सुनको मूल्य बढ्दा घट्यो चाँदी

अर्थ समाचार
काठमाडौँ – आज सुनको मूल्य नेपाली बजारमा बढेको छ भने चाँदीको मूल्य घटेको छ।
मङ्गलवार प्रतितोला ४०० रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला २०० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ कायम गरिएको छ । यसैगरि तेजाबी सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि मङ्गलवार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। मङ्गलवार चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया
ताजा अपडेट