सुनको मूल्य सामान्य घट्दा चाँदीको भने स्थिर

NepalOne १४ वैशाख २०८० १२:०६
अर्थ समाचार

काठमाडौँ – सुनको मूल्य नेपाली बजारमा घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

बुधवार प्रतितोला २०० रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला १०० रुपैयाँ घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ कायम गरिएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। 

यसअघि, बुधवार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा २०० रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया