विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि फागुनमै संसदमा छलफल हुने

अर्थ समाचार

काठमाडौं – विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि फागुनमै छलफल हुने भएको छ ।
सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि संघीय संसदमा फागुन महिनामा छलफल गर्ने व्यवस्था गरेको जानकारी दिएका हुन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले समृद्धि, शुसासन आर्थिक वृद्धितर्फ आगामी बजेट लक्षित भएकोे बताएका छन् । जन अपेक्षालाई संम्बोधन गर्ने प्रयास गरेको महतले बताए । अर्थमन्त्री डा. महतले अर्थतन्त्र लयमा फर्काउन दृढ संकल्प गरिएको उल्लेख गरे ।
फराकिलो र दिगो आर्थिक बृद्धि हासिल गर्ने, कृषि उर्जाको विकास, पूर्वाधार निर्माण, रोजगारी सृजना लगायतलाई बजेटले जोड दिएको छ ।
प्रतिक्रिया
ताजा अपडेट