शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला मूल्य १ लाख १३ हजार ३०० रुपैयाँ


काठमाडौँ / नेपाली बजारमा आज पनि सुनको मूल्य नयाँ उचाइ पुगेको छ। आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बिहीबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
यो साता मात्रै सुनको मुख्य तोलामा ५ हजार रुपैयाँले बढेको छ। गत शुक्रवार प्रतितोला छापावाल सुन १ लाख ८ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
सरकारले सुनको भन्सार दर बढाएका कारण सुनको मूल्य लगातार बढिरहेको छ।
त्यस्तै, शुक्रवार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४३५ रुपैयाँ कायम भएको छ। बिहीबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।