यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


काठमाडौं।आज केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। यस्तै अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ९२ पैसा र बिक्री दर १३२ रूपैयाँ ५२ पैसा रहेको छ ।
यस्तै आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ९८ पैसा र बिक्री दर १६६ रूपैयाँ ७३ पैसा, युरोपियन युराे एकको खरिद दर १४२ रूपैयाँ ६२ पैसा र बिक्री दर १४३ रूपैयाँ २७ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ र बिक्रीदर ९ रुपैयाँ ४ पैसा रहेको छ ।
यस्तै दक्षिण काेरिया १०० को खरिदमा ९ रूपैयाँ ९४ पैसा र बिक्रीदर ९ रूपैयाँ ९९ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८४.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.९३ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४३ पैसा रहेको छ ।