`

अर्थतन्त्रलाई लिएर निराश हुनुपर्ने अवस्था छैन :अर्थमन्त्री महत

Nepal One HD १६ भदौ २०८० १२:२२
अर्थ समाचार

काठमाडौँ / अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा फर्काउन आफुले प्रयास गरिरहेको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाजकोे २५औँ वार्षिक साधारणसभा तथा अधिवेशन कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र लिएर निराश हुनुपर्ने अवस्था नरहेको भन्दै यसलाई लयमा फर्काउन आफुले प्रयास गरिरहेको बताउनुभएको हो ।

पर्यटन क्षेत्रमा सुधार भइरहेको र विदेशी मुद्राको सन्चित पर्याप्त रहेकाले आर्थिक गतिविधि अगाडि बढाउन देखिएका समस्या समाधान गर्न सरकार लागिरेहेको उहाले बताउनुभयो । अर्थमन्त्री महतले आगामी दिनमा देशको अर्थतन्त्र सकारात्मक दिशामा जाने भएकाले कुनै दुविधा नराख्न आग्रह गर्नुभयो ।

उहाले मुलुकको आर्थिक बिकासका लागि नीजि क्षेत्रको साथ आवश्यक परेको भन्दै नीजि क्षेत्रको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघअध्यक्ष चन्द्र ढकालले सरकारले नीजि क्षेत्रलाई दिएको सुझाव कार्यान्वन गर्न नखोज्दा अहिलेको अवस्था आएको हुनसक्ने बताउनुभयो । मुलुक श्रीलंका जस्तो हुने भन्दै अर्थतन्त्रका नीतिलाई कसिलो पार्न खोज्ला पनि केहि समस्या देखिएको उहाको भनाइ छ ।

ढकालले सरकारले निजी क्षेत्रलाई सरकारले हेर्ने हेर्ने नजर फरक हुदा समस्या देखिएकाले मुलुकको आर्थिक क्षेत्र सुधारका लागि सरकारले निजिक्षेत्रसंग सहज ढंगले समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।


प्रतिक्रिया