नेपालको बाह्य क्षेत्रमा सुधार, रेमिट्यान्स आप्रवाह बढ्यो

अर्थ समाचार

काठमाडौ– नेपालको बाह्य क्षेत्रमा निकै सुधार आएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार देखिएको हो ।
गत वर्ष साउन मसान्तमा ९ अर्ब ४२ करोड रुपैयाँ रहेको विदेशी मुद्राको सञ्चिति २५.७९ प्रतिशतले बढेर चालु आर्थिक वर्षको साउन मसान्तमा ११ अर्ब ८५ करोड डलर पुगेको छ ।
यस्तै, साउन महिनामा देशबाट बाहिरिने भन्दा भित्रीने विदेशी मुद्रा ३२ अर्ब ९० करोड रुपैयाँले बढेको छ ।
गत साउनको तुलनामा रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा २५.८ प्रतिशत र अमेरिकी डलरमा २१.५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्याङकमा उल्लेख छ ।
साउनमा १ खर्ब १६ अर्ब २ करोड रेमिट्यान्स आएको छ । गत वर्ष साउनमा ९२ अर्ब २१ करोड रुपैयाँ र अमेरिकी डलरमा ७२ करोड ४० लाख डलर रेमिट्यान्स भित्रिएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट