तीजको दिन पनि महंगियो सुनचाँदी

अर्थ समाचार

काठमाडौ– सोमबार सुन तथा चाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुनको भाउ पनि बढेको छ । आइतबार प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भएको तेजावी सुन सोमबार तोलामा २ सय रुपैयाँले बढेर १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउ पनि बढेको छ । आइतबार प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ५ रुपैयाँमा कारोबार भएको छ ।
अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १९२९.८१ डलर तथा चाँदीको मुल्य २३.२२ डलर कायम भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट