एडिवीको प्रक्षेपणः नेपालको आथिक वृद्धिदर ४.३ प्रतिशत हुने

अर्थ समाचार

काठमाडौ– एसियाली विकास बैंक (एडिवी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
आज एसियन डेभलपमेन्ट आउटलुक २०२३ रिपोर्ट सार्वजनिक गरी एडिवीले यस्तो प्रक्षेपण गरेको हो । गत आर्थिक वर्षमा १.९ प्रतिशत आर्थिक वृद्धिदर रहेको थियो । सेवा र रियल इस्टेट क्षेत्रमा गतिविधि बढ्ने अनुमानकासाथ चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार हुने एडीबीले प्रक्षेपण गरेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ ।
एडिवीले मुल्यवृद्धि केही नियन्त्रणमा आउने अनुमान गरेको छ । चालु आर्थिक वर्षमा मुद्रास्फिति ६.२ प्रतिशत हुने एशियाली विकास बैंकको प्रक्षेपण छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट