`

सुन तस्करी प्रकरण : छानविनका लागि ४ सदस्यीय आयोग गठन

Nepal One HD १४ असोज २०८० १३:२९
अर्थ समाचार

काठमाडौ– सरकारले सुन तस्करीको विषयमा छानबिन गरी सुझाव सहितको प्रतिवेदन बुझाउने गरी ४ सदस्यीय छानबिन आयोग गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्‍को बैठकले उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा चार सदस्यीय छानबिन आयोग गठन गर्ने निर्णय गरेको हो ।

छानविन आयोगको अन्य सदस्यमा अर्थ मन्त्रालयका किशोरजंग कार्की र गृह मन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा छन् । उनीहरुलाई सुन तस्करीबारे छानविन गरी प्रतिवेदन बुझाउने समयसीमा ३ महिनाको दिइएको छ ।


प्रतिक्रिया