49
Shares

काठमाडौ । मन्त्रिपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रमबारे मन्त्रिपरिषद् बैठकमा छलफल भएको र बैठकबाट नीति तथा कार्यक्रम पारित भएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । प्रवक्ताका अनुसार १६ औं पञ्चवर्षीय योजना पनि मन्त्रिपरिषदबाट पारित भएको छ ।
आज संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।