र्‍यापर रेडक्यापले ल्याए ‘लेभलको गाना’

108 Shares

काठमाडौ । र्‍यापर गौरव पौडेल रेडक्यापको नयाँ गीत सार्वजनिक भएको छ । आफ्नो जन्मदिनको अवसर पारेर उनले ‘लेभलको गाना’ सार्वजनिक गरेका हुन् । नयाँ सार्वजनिक गरिएको गाना उनको आधिकारिक युट्युब च्यानल ‘रेडक्याप म्युजिक’मा हेर्न र सुन्न सकिन्छ । उनले यसअघि झण्डै आधा दर्जन गीत बजारमा ल्याइसकेका छन् । २ मिनेट ५४ सेकेन्ड लामो ‘लेभलको गाना’को शब्द रचना उनी आँफैले गरेका हुन् । साथै उक्त गानामा कम्पोज र स्वर पनि उनको आफ्नै रहेको छ ।
अन्य गितको तुलनामा र्‍याप विधामा सबै कुरा खुलेर राख्न पाउने उनको अनुभव छ । ‘खुलेर सबै कुरा राख्न पाउनुपर्छ भन्ने मेरा पुरानै मान्यता हो । स्वभाव पनि त्यस्तै छ ।’ उनले भने भने, ‘यो विधामा पनि त्यहि कुरा लागू हुने भएका कारण जन्मदिनमा थप खुल्न चाहेको हुँ ।’

पर्वत घर भएका र्‍यापर पौडेल सञ्चारकर्मी पनि हुन् । सानैदेखि साहित्यिक क्षेत्रमा रुची राख्ने पौडेलले काठमाडौँ आएर संघर्ष गर्दै आफ्नै गाथालाई गीतमा प्रस्तुत गर्नेदेखि देशका वेथितिबारे उजागार गर्दै आएका छन् ।

सम्बन्धित समाचार

सबै