84
Shares

जनकपुर । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको छ । नागरिकता कीर्ते सम्बन्धी कसुरमा अनुसन्धानका लागि मंगलबार धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो । त्यसलगत्तै उनी काठमाडौंबाट पक्राउ परेका थिए ।
अहिले जिलला अदालत आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ । अदालत जाने सडकमा प्रहरीले घेरा हालेको छ भने अदालतमा प्रवेशमा समेत कडाइ गरिएको छ । उनको रिहाइको माग राखेर जनकपुरमा प्रदर्शन समेत भएको थियो ।