सहकारी ठगीमा सङ्लग्नलाई कारबाही गर्ने कार्यदेश पाएपछि व्यक्तिको नाम राखेनौंः रमेश लेखक

56 Shares

काठमाडौँ । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा उठाउँदै आएका मागको मुख्य उद्देश्य र मूल विषयमा सबै राजनीतिक दलबीच सहमति भएको जनाएको छ ।

पार्टी संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आफ्नो दलले माग गर्दै आएको सहकारीका विषयमा छानबिन समिति गठन भएपछि संसद्को जटिलता र अवरोध समाप्त भएको बताए ।

नेपाली कांग्रेसद्वारा सहकारी विषयमा संसदीय छानबिन समिति गठनमा सहमतिपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले समितिले लाखौँ नेपाली जनताले जम्मा गरेको बचतको सुरक्षा, रकम फिर्ता गर्ने सुनिश्चितता, अपचलनको छानबिन र सङ्लग्नलाई कारबाही गर्ने कार्यदेश क्षेत्राधिकार पाएको स्पष्ट पारे ।

‘सबै राजनीतिक दलबीचकोे निष्कर्षबाट समिति गठन भएको छ । प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सदस्य र अन्य राजनीतिक दलबाट भएको सहयोगका लागि हामी धन्यवाद ज्ञापन गर्छौं’, लेखकले भने ।

उनले मितिले बचतकर्ताको रकम सुरक्षामात्र नभई अपचलन भएको रकम छिटो फिर्ता गर्नेमा सिफारिस गर्ने बताए । उनले भने, ‘कुन सहकारीबाट कति रकम गएको छ, कानुन बमोजिम गएको हो कि गैरकानुनी ? यसमा संलग्न मानिसको समेत अध्ययन गर्ने र गएको रकम फिर्ता कसरी हुन्छ भन्ने कुराको सिफारीस गर्ने भयो । जो मानिस त्यहाँ पैसा पठाउन संलग्न छन् उनीहरूलाई कानुन बमोजिम कारवाही गर्न सिफारीस गर्नेछ । गृहमन्त्रीको संलग्नता देखिए उहाँलाई कारवाही हुन्छ । नामै नलेखेर पनि उठेको विषय सम्बोधन हुने भएपछि हामी सहमतिमा पुगेका छौं ।’

सम्बन्धित समाचार

सबै