सन्दीपले विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्ने

48 Shares

काठमाडौं । भिसा नदिएपछि विश्वकप खेल्न अमेरिका जान नपाएका क्रिकेटर सन्दीप लामिछानेले वेस्ट इन्डिज पुगेका छन् । उनले त्यहाँ आईसीसी पुरुष टी–२० विश्वकप २०२४ अन्तर्गत हुने खेलहरुमा नेपाली टिमबाट खेल्नेछन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले लामिछाने वेस्ट इन्डिज गइसकेको र उनले त्यहाँ हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने जनाएको छ । वेस्ट इन्डिजमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका दुई खेल खेल्दैछ ।

लामिछानेलाई टोलीमा समावेश गरेसँगै क्यानले बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राखेको छ । यद्यपि क्यानले उच्च अदालत पाटनले मे १५ मा लामिछानेको पक्षमा गरेको फैसलासँगै उनलाई टोलीमा राखेर जिसीलाई रिजर्भमा राखेको दाबी गरेको छ । लामिछानेविरुद्ध जबरजस्ती करणीमा मुद्दा चलेको थियो ।

अदालतको फैसलापछि पनि सन्दीपलाई क्यानले स्क्वाडमा समावेश नगरेकामा क्यानको चौतर्फी विरोध भैरहेको छ । तर क्यानले सन्दीप लामिछानेको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नरहेको दाबी गरेको छ ।

सम्बन्धित समाचार

सबै