विपद् व्यवस्थापनको अभ्यासका क्रममा प्रहरी जवानको मृत्यु

37 Shares

बझाङ । बझाङमा प्राकृतिक विपद्का बेला हुने उद्धारको नमुना अभ्यास गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । अभ्यासका क्रममा बेहोस भएका सशस्त्र प्रहरीका जवान केदास्यु गाउँपालिकाका २९ वर्षीय नरेन्द्रसिंह धामीको मृत्यु भएको हो ।

आज बिहान जयपृथ्वीबहादुर नगरपालिका स्थित सेती नदीमा नेपाली सेनाको वीरभद्रजंग गुल्म नजिकै प्राकृतिक विपद् उद्धारसम्बन्धी नमुना अभ्यास गर्ने क्रममा धामी बेहोस भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

धामी सशस्त्र प्रहरीको अनआश्रित गुल्म बझाङमा कार्यरत थिए ।

सम्बन्धित समाचार

सबै