48
Shares

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेको पक्षमा ३१ प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् । २८ जना प्रदेश सभा सदस्य भने उनको विपक्षमा उभिएका थिए । सोमबारको प्रदेश सभामा ५९ जना सांसद उपस्थित थिए ।
नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट २०७९ को चुनावमा गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र १ बाट जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेर मुख्यमन्त्री पाण्डेलाई मत दिएका छन्।
देवकोटा बाबुराम भट्टराई निकट हुन् । नेसपाले २०७९ को चुनावमा माओवादीको चुनाव चिह्न लिएको थियो । यससंगै पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजिव गुरुङले पनि विश्वासमा मत दिएका छन् ।