समाचार
चीनको हार्बिनमा विश्वको सबैभन्दा ठूलो इनडोर आइस स्नो थिम पार्क खुला

चीनको उत्तरी हेइलोङजियाङ प्रान्तमा रहेको ‘आइस सिटी’ को हार्बिन भ्रमण गर्ने पर्यटकहरूलाई अब अन्वेषण गर्ने नयाँ आकर्षण ठाउँ बनेको छ । विश्वको सबैभन्दा ठूलो इनडोर आइस र स्नो थिम पार्कका रूपमा यो पार्कले गिनिज वल्र्ड रेकर्डमा नाम दर्ता गरेको छ । यो २३ हजार ८०० वर्गमिटरको क्षेत्रमा निर्माण भएको हो ।
पार्क प्रबन्धकका अनुसार सुविधाले रङ्गीन बत्तीहरूद्वारा उज्यालो गरिएको जीवनजस्तै बरफ मूर्तिकलाहरू प्रदर्शन गर्ने नौ विषयगत क्षेत्रहरू समावेश गरिएको छ । थिम पार्कले वर्षभरि आगन्तुकहरूलाई समायोजन गर्न स्थिर तापक्रम राख्छ ।
यो पार्क आठ लाख १० हजार वर्ग मिटरमा फैलिएको आउटडोर आइस र स्नो थिम पार्कको पूरक हुनेछ । यसले हार्बिनलाई सबै–सिजन रिसोर्ट गन्तव्यमा रूपान्तरण गर्नेछ ।
प्रतिक्रिया