39
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा पक्राउ परेपछि कांग्रेस र एमाले बेचैन देखिएका आरोप लगाएको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले झा पक्राउ परेपछि ठूलो राजनीतिक दाउपेच भएको बताएका हुन् ।
उनले उनले अघिल्लो सरकारले प्रतिवादी बनाउन नचाहेको झालाई अहिलेको सरकारले समातेपछि सरकार ढलेको दाबी गरे ।
उनले भने, ‘बेचन झालाई जब सरकारले नियन्त्रणमा लियो त्यसपश्चात् राजनीतिक बेचैनी सुरु भयो । त्यसबेला सरकारले अभियोजनपत्रमा समेत नाम नराखेको झालाई जब सरकारले समात्यो राजनीतिक चलखेल सुरु भयो।’
उनले बेचन झाको फाइल अघि बढाउन सरकारलाई आग्रह गरे । उनले अब बन्ने नयाँ सरकारलाई पनि बेचन झाले चैन नदिने बताए ।