
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र राय यादवले संविधान संशोधनको विषय गम्भीर र जटिल भएको भन्दै त्यसलाई सहजै स्वीकार्य गर्न नसकिने बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद यादवले संविधान संशोधनको विषय गम्भीर र जटिल भएकाले सहजै स्वीकार्य नहुने बताएका हुन् ।
उनले भने, ‘संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी संविधानका चारवटा पिल्लर हुन् । तर समानुपातिक र समावेशिताको विषय हटाउने कुराको आएको छ । त्यो स्वीकार्य हुन सक्दैन ।’
उनले नयाँ सरकार संविधानको धारा ७६ को (३) अनुसार गठन हुने दाबी गरे । सांसद यादवले उपधारा (३) अनुसार सरका गठन हुने भएकाले असार २८ गतेसम्मका लागि प्रतिपक्षीका सांसदहरूलाई धैर्य गरेर बस्न आग्रह गरे ।
उनले भने, ‘अहिले वर्तमान अवस्थामा सरकार ७६ ( २) ले बनेको छ। स्वभाविक रुपमा सरकार अल्पतमा पर्दाखेरी संसदमा विश्वासको मत लिनु वैधानिक प्रक्रिया हो। विश्वासको मत पाउनु भएन भने स्वतःउपधारा (३) अनुसार अर्को सरकार बन्छ।।’