कमला नदीमा फसेका ६ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

97 Shares

सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्रहास्थित कमला नदीमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ ।

दाउरा लिन गएका बेला एक्कासी पानीको बहाव बढेपछि उनीहरु नदीको बीच भागमा फसेका थिए । त्यसबारे जानकारी पाउनासाथ सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले उनीहरुलाई ट्यूव बोटको सहायताले सकुशल उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसैगरी सो वेशले कल्याणपुर नगरपालिका–२ स्थित कमला नदीको बीच भागमा फसेका दुई जनाको सकुशल उद्धार गरेको छ । जेसीबीसहित नदीको बीच भागमा फसेका उनीहरुलाई रबर बोटको सहयोगमा सकुशल उद्धार गरिएको हो ।

सम्बन्धित समाचार

सबै