75
Shares

काठमाडौं । जनमत पार्टीले सचिव बीपी साहसहित सात जनालाई निलम्बन गरेको छ । पार्टीको अनुशासन समितिको सिफारिसमा राष्ट्रिय सचिव साह, केन्द्रीय सदस्य रामेश्वर यादव, मिर्चैया नगरपालिका सचिव कृष्णचन्द्र साहसहित सात जनालाई तीन महिनाका लागि निलम्बन गरेको हो ।
पार्टीकी राष्ट्रिय सचिव अनिताकुमारी यादवका अनुसार, विद्यार्थी जनमत संघ सिरहाका पूर्वअध्यक्ष अरबिन्द सहनी, मिर्चैयाका साधारण सदस्य धिरज कामती, मिर्चैयाकी अनिताकुमारी यादव र मिर्चैया नगरपालिकाका पूर्वसचिव दीपनारायण यादवलाई पनि तीन महिनाका लागि निलम्बन गरिएको छ ।
उनीहरूले विधानविपरीत अनुशासनहीन काम गरेकाले निलम्बन गरिएको सचिव यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।