
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी परिपक्व हुने चरणमा रहेको बताएका छन् । सातै प्रदेशमा भएको ‘क्लोज क्याम्प’ उत्साहपूर्ण रुपमा सकिएको जानकारी गराउँदै सभापति लामिछानेले पार्टी परिपक्व हुने चरणमा रहेको उल्लेख गरेका हुन् ।
उनले भनेका छन्, ‘सातै प्रदेशमा उच्च सहभागिता र उत्साहपूर्ण रुपमा ‘क्लोज क्याम्प’ सकिएको छ। प्रदेशस्तरको छलफलबाट प्राप्त वैचारिक, राजनीतिक र सांगठनिक एवं विधान संशोधनको सुझाव केन्द्रीय समितिमा घनीभूत रुपमा छलफल हुने नै छ । पार्टी परिपक्व हुने चरणमा छ । हामी बिल्कुल ठिक छौं, लय पक्रदैछौं। स्थापनाको २ वर्षमा हामीले जानेर भन्दापनि जानेको गर्यौं ।’
उनले अबको यात्रा संयम र धैर्यसहित परिस्कृत हुने बताएका छन् । उनले भनेका छन्, ‘अबको यात्रा संयम र धैर्य सहित परिस्कृत बैचारिक परिपक्वताको, चुस्त संगठनको, मर्यादित संसदीय अभ्यासको अनि नरम र गरमभन्दा माथि उठेर सुसंस्कृत राजनीतिक अभ्यासको । संसारभरका रास्वपा परिवारका साथीहरू लाई धेरै–धेरै माया र सम्झना ।’