राष्ट्रिय भेला व्यवस्थापनका लागि रास्वपाद्वारा १४ वटा उपसमिति गठन

57 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय भेला व्यवस्थापनका लागि  १४ वटा उपसमिति गठन गरेको छ । मंगलबार बसेको केन्द्रीय समितिको बैठकले असोज १ र २ गते काठमाडौंमा हुने पहिलो राष्ट्रिय भेलाको व्यवस्थापनका लागि उपसमिति गठन गरेको हो ।

बैठकले प्रतिनिधि, रजिष्ट्रेसन व्यवस्थापन, स्रोत व्यवस्थापन, यातायात तथा आवास, सुरक्षा तथा कानुन, स्वयंसेवक व्यवस्थापन, अडियो भिजुअल व्यवस्थापन, क्याटरिङ व्यवस्थापन, स्वास्थ्य क्लिनिक व्यवस्थापनलगायतका उपसमिति गठन गरेको छ ।

सम्बन्धित समाचार

सबै