86
Shares
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले तीन दिन थुनामा राख्ने अनुमति दिएको छ । आइतबार दिउँसो पक्राउ परेका प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले तीन थुनामा राख्न अनुमति दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको जिल्ला अदालत काठमाडौँका स्रेस्तेदार रामु शर्माले जानकारी दिएका छन् । प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो ।