मध्यरातमा रविले प्रधानमन्त्रीलाई भने-न्युयोर्कबाट फर्केर आउनुस्, बसेर कुरा गरौं

64 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीई न्युयोर्कबाट आँखा नसन्काउन चेतावनी दिएका छन् ।

आइतबार मध्यरातमा सामाजिक संजालमार्फत लामिछानेले सहकारी पीडितलाई न्याय नियत भए वार्ता गर्न आफू तयार रहेको बताएका हुन् । उनले त्यसका लागि आफूले रुम मिलाउने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यु, फर्केर आउनुस् , बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि…।’

सम्बन्धित समाचार

सबै