काभा महिला भलिबल क्लब च्याम्पियनसिपको विजेता नेपाल पुलिस क्लबको भव्य स्वागत

49 Shares

काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पियनसिप जितेर स्वदेश फर्किएको नेपाल पुलिस क्लबलाई सोमबार काठमाडौंमा भव्य स्वागत गरिएको छ।
सोमबार काठमाडौं आइपुगेको च्याम्पियन टोलीललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्याण्डबाजासहित भव्य स्वागत गरिएको हो ।
टोलीलाई नेपाल पुलिसका अफिसियल, नेपाल भलिबल संघका पदाधिकारी लगायतले स्वागत गरेका थिए ।
माल्दिभ्सको मालेमा शनिबार भएको च्याम्पियनसिपको फाइनलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको थियो ।

पहिलो पटक आयोजना भएको काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा पुलिसले अपराजित रहँदै उपाधि जितेको हो ।
६ टोली सहभागि च्याम्पियनसिपमा लिगको पाँचै खेल जित्दै पुलिस शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको थियो ।फाईनलमा पनि सोही लय कायम राख्दै पुलिसले हुमोलाई हरायो ।

पुलिसले लिग चरणामा हुमोसहित, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३-० ले पराजित गरेको थियो भने माल्दिभ्सको वाम्को क्लबलाई ३-२ ले तथा माल्दिभ्सको माल्दिभ्स पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गरेको थियो ।

प्रतियोगितामा नेपाल, उज्वेकिस्तान, श्रीलंका र ताजकिस्तानका समान १ तथा माल्दिभ्सको २ गरी कूल ६ टोलीको सहभागिता थियो ।

सम्बन्धित समाचार

सबै