शनिबार आक्रामक ‘ह्रस्व दीर्घ’, शो नथपिएपछि निर्माण टिमको गुनासो


काठमाडौं-अभिनेत्री नीता ढुंगानको लगानी रहेको सिनेमा हिजो शुक्रबारबाट देशभरका सिनेमा घरमा प्रदर्शनरत छ । शुक्रबार र शनिबार आक्रामक व्यापार गरेको सिनेमाले दर्शकबाट उत्कृष्ट वर्डअफ माथउ समेत पाइरहेको छ ।
सिनेमाको वितरक मनोज राठीले शुक्रबारका बिहानी शोबाट नै उत्साहजनक व्यापारको सुरुवात गरेको सिनेमाको रफ्तार शनिबार दिनभर पनि उस्तै रहेको बताए । पर्याप्त शो नहुँदा धेरै दर्शकहरु टिकट नपाएर फर्केको उनको दाबी छ । यता निर्मात्री समेत रहेकी अभिनेत्री नीता ढुंगानाले समेत सिनेमाले आक्रामक व्यापार गर्दा पनि शनिबार शो नथपिएको गुनासो गरिरहेकी छन् ।
शनिबार पनि काठमाडौं उपत्यकाका क्युएफएक्स विभिन्न हल, बिग मुभिज, वान सिनेमाज, एफक्युब सिनेमाज लगायतका हलमा दर्शकप्रतिक्रिया बुझ्न सिनेमाको निर्माण टिम पुगेको थियो । सिनेमाको टिम हल पुग्दा दर्शकले ताली र सिटीले स्वागत गर्दै ह्रस्व दीर्घको दोस्रो भागको डिमाण्ड गरिरहेका गरिरहेका थिए ।
लेखक तथा अभिनेता हरिहर अधिकारीले सिनेमा काठमाडौं उपत्यकामा मात्रै नभई, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, विराटनगर, इटहरी, धरान, दमक बिर्तामोड र धनगढी लगमायतमा सहरमा सिनेमाले आक्रामक व्यापार गरेको बताए । सिनेमाले उत्कृष्ट व्यापार गरेसँगै बलिउड अभिनेता तथा गजनी भिलेन प्रदीप रावत समेत आइतबार ह्रस्व दीर्घ हेर्न र दर्शक साक्षात्कार गर्न नेपाल आउने भएका हुन् ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।
अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।